बेंसीसहरको क्वारेन्टिनको अनुगमन, ब्रस र मञ्जन नहुँदा समस्या

लमजुङ । विश्वव्यापी कोरोना भाइरस (कोभिड १९) बाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा मानवअधिकारको अवस्था अनुगमन गर्न गठित जिल्ला स्तरीय समितिले क्वारेन्टाइनको अनुगमन गरेको छ ।

क्वारेन्टाइनमा बस्नेको मानवअधिकारका विषयमा जिल्लामा गठित जिल्लास्तरीय समितिले शुक्रबार बेंसीसहर नगरपालिका ७, सहजीको क्वारेन्टाइन अनुगमन गरेको हो । उक्त क्वारेन्टाइनमा केही दिनदेखि खानेपानीलगायत आधारभूत आवश्यकताको परिपूर्तिमा समस्या रहेको र क्वारेन्टाइनमा बस्नेले उपभोग गर्न नपाएको गुनासो बढेपछि समितिले अनुगमन गरेको हो ।

हाल २५ जना रहेको उक्त क्वारेन्टाइनमा पछिल्लो समय खानेपानी, स्यानिटाइजर, मास्क, साबुनलगायतको सुविधा भएपनि ब्रस, मञ्जनको समस्या रहेको क्वारेन्टाइनमा बस्नेहरुले बताएका छन् ।

क्वारेन्टाइनमा केही दिनदेखि बस्दै आएका बेंसीसहरका नन्दलाल श्रेष्ठले खानेपानीका लागि जारको पानी भन्दा मिनिरल वाटर भएमा खानाको लागि सजिलो हुने बताए । उनले क्वारेन्टाइनमा बस्नेको नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए । क्वारेन्टाइन भवन बाहिर फोहर रहेको र क्वारेन्टाइनमा बस्नेहरुले सरसफाई गरेको उनले बताए । उनले वाइफाइको व्यवस्था भएको बताए । केही दिनअघि ओछ्याउने र खानपिनको व्यवस्थाबाहेक खानेपानी, स्वास्थ्य सामग्रीको व्यवस्थापन नभएकोमा सामाजिक सञ्जालमा लेख्नुपरेको उनले बताए ।

मानवअधिकार अवस्था अनुगमन जिल्लास्तरीय समितिका संयोजक एवं नेपाल बार एसोसिएसन इकाई अध्यक्ष कृष्णप्रसाद अधिकारीले क्वारेन्टाइनको मापदण्ड अनुसार सेवा पाउनुपर्ने बताए । क्वारेन्टाइनको सेवा सुविधा विस्तारै पूर्ति हुँदै गएको पाइएको उनले बताए । खाना, खाजा साथै ओछ्यानको व्यवस्था भने राम्रो पाइएको उनको भनाई छ ।

अनुगमन टोलीमा समितिका सदस्य एवं नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष्ँ आश गुरुङ, गैरसकारी संस्था महासंघ लमजुङका अध्यक्ष प्रेमबहादुर भट्टराई, अनुगमन समितिका सदस्य सृजना घिमिरेलगायतको उपस्थिति थियो ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *