बाढीपहिरोबाट विस्थापितको पुनस्थापना गर्न दुई महिना लाग्छ : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशभरी बाढीपहिरोबाट विस्थापित भएकाहरुको पुर्नस्थापना गर्न २ महिना समय लाग्ने बताएका छन् ।

बाढीपहिरोबाट भएको क्षति निरिक्षण गर्न बुधबार लमजुङ सदरमुकाम बेसीसहर आउनुभएका मुख्यमन्त्री गुरुङले अहिले उद्धारको चरण सकिएको बताए ।

बाढीपहिरोबाट विस्थापितहरुलाई हाल सामुदायिक भवन र विद्यालयमा राखिएको छ । २ महिनासम्म उनीहरुलाई राहत उपलब्ध गराएर बस्ने ब्यवस्था मिलाइने मुख्यमन्त्री गुरुङले बताए ।

गण्डकी प्रदेशमा बाढीपहिरोबाट सबैभन्दा बढी जनधनको क्षति म्याग्दीमा भएको छ । म्याग्दीका बाढीपहिरो पीडितलाई शुद्ध खानेपानी र राहत उपलब्ध गराउन कठिनाइ भैहेको मुख्यमन्त्री गुरुङको भनाई छ । सामुदायिक भवनमा बसेका बाढीपहिरो पीडितलाई अस्थायी शौचालय र शुद्ध खानेपानी ब्यवस्थापनमा सरकार लागिपरेको उनले बताए ।

बाढीपहिरोबाट ठाउँठाउँमा सडक भत्किएका कारण पीडितसामु राहात पु¥याउन कठिनाई भएको उनले बताए ।

गत विहिबार बेसीसहरमा पहिरोले पुरिएर मृत्यु भएका परिवारलाई भेटेर मुख्यमन्त्री गुरुङले प्रति मृतक ५० हजारका दरले १ लाख ५० हजार राहत उपलब्ध गराएका छन् ।

मुख्यमन्त्री गुरुङसहितका प्रदेश सांसदहरुले जिल्लामा बाढीपहिरोबाट भएका क्षतिको निरिक्षण गरेका छन् ।

कोभिड–१९ संक्रमण रोकथाम र बाढीपहिरो पीडितलाई राहत तथा पुनस्थापना तदरुकताका साथ गर्न मुख्यमन्त्रीले कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner