बहुमूल्य वस्तु भन्दै धातु देखाएर ठगी गर्ने दुई जना पक्राउ

बहुमूल्य वस्तु भन्दै धातु देखाएर ठगी गर्ने २ जना युवकलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ ।

घटनामा संलग्न लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ घर बताउने ३६ वर्षीय विजय लामा (तामाङ) र स्याङ्जा पुतलीबजार नगरपालिका–६ का २८ वर्षीय उत्तम थापालाई पक्राउ गरेको हो । उनीहरुले एक महिना अघि घटना घटाएका थिए ।

प्रहरीले बेंसीसहरबाट बुधबार पक्राउ गरेका उनीहरुविरुद्ध लमजुङ जिल्ला अदालतबाट शुक्रबार १५ दिनको म्याद थप गरेर अनुसन्धान थालेको छ ।

डीएसपी गंगाबहादुर थापाका अनुसार गत भदौ ८ गते लमजुङको मस्र्याङ्दी गाउँपालिका–१ घनपोखराकी ५६ वर्षीया विष्णुमाया गुरुङलाई बहुमुल्य वस्तु भनी सिक्काजस्तो धातु देखाएर १ लाख ५० हजार रुपैयाँ ठगेका थिए । उनीहरुविरुद्ध प्रहरीले ठगी सम्बन्धी कसुरमा मुद्दा चलाउने भएको छ । घटनाविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

डीएसपी थापाका अनुसार घटनामा संलग्न विजय लामाले ३ वर्षअघि पनि घनपोखरामै माला देखाएर डेढ लाख रुपैयाँ लुटेका थिए । पीडितले त्यतिबेला उजुरी नदिएको र अहिले आएर जानकारी गराएको उनले बताए ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: