बलेरोको ठक्करबाट बृद्धाको मृत्यु

लमजुङमा मंगलबार बोलेरो जीपको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ ।

मस्र्याङ्दी गाउँपालिका वडा नं. ६ ठुलीबेंसीमा बोेलेर जीपले ठक्कर दिँदा सोही ठाउँकी पैदलयात्री ७० वर्षिया टुकमाया थापाको मृत्यु भएको हो ।

ठुलोबेंसीबाट बेंसीसहर आउँदै ग २ च ९११७ नंम्बरको जीपले ठक्कर दिँदा थापा गम्भीर घाइते भएकी थिइन् । उपचारको लागि लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ल्याइएकोमा उपचारको क्रममा बृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए ।

प्रहरीले जीप र जीप चालक कमल थापालालाई नियन्त्रणमा लिएको छ । चालक थापालाई २० दिनको म्याद थप गरि अनुसन्धानको लागि राखिएको छ ।

जीप ब्याक गर्ने क्रममा थापालाई ठक्कर दिएको थियो ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: