प्रचण्ड–ओली छलफल सकियो, आवश्यक पर्दा वरिष्ठ नेताहरूलाई पनि सहभागी गराइने

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार बिहान झण्डै डेढ घण्टा छलफल भएको छ।

नेकपा अध्यक्षसमेत रहेका ओली र प्रचण्डबीच बिहान साढे ९ बजेदेखि ११ बजेसम्म छलफल भएको हो।

पार्टीको आन्तरिक विवादको गाँठो फुकाउनका लागि सम्पूर्ण पक्षको समीक्षा गरी अघि बढ्ने विषयमा दुई नेताबीच छलफल चलिरहेको छ।  
अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार आवश्यक पर्दा वरिष्ठ नेताहरूलाई पनि छलफलमा सहभागी गराउने समझदारी बनेको छ। 

स्थायी समिति बैठक रोकेर छलफललाई निरन्तरता

यसअघि सोमबारका लागि तय भएको नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक दुई दिनका लागि स्थगित भएको छ। 

महासचिव विष्णु पौडेलका अनुसार प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल जारी रहेकाले बैठक दुई दिन पर सारिएको हो। 

नेकपाको स्थायी समिति असार २४ गते ११ बजे बस्ने छ। दुई अध्यक्षको बीचमा छलफल र संवाद जारी रहेकाले स्थायी समिति स्थगित गरिएको पौडेलले जानकारी दिए। 

‘कार्यदल र पाँच बुँदे ड्राफ्ट अफवाह’

यसैबीच, अध्यक्ष प्रचण्डको सविचालयले नेकपाको विवाद समाधानका बारेमा कार्यदल बनेको भन्ने विषय सत्य नरहेको जानकारी गराएको छ।

प्रेस संयोजक सापकोटाले पाँच बुँदे सहमति भयो भनेर भइरहेको प्रचारमा पनि ध्यानाकर्षण भएको बताएका छन्।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner