पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को एयर बस ए३२० विमान शुक्रबार कराँचीको मोडल कोलनी आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त बनेको छ । लाहोरबाट उडान भरेको विमान जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त बनेको हो ।
कल साइन पीके८३०३ भएको विमानमा ९१ जना यात्रु र ८ जना चालक दलका सदस्य रहेको बीबीसीले जनाएको छ ।
डन डटकमले सिन्ध स्वास्थ्य विभागलाई उद्धृत गर्दै हालसम्म ३७ जनाको मृत्यु भएको पुष्टि भएको छ । यद्यपि, मृतक सबै विमानमा सवार थिए वा आवासीय क्षेत्रका थिए भन्ने खुल्न सकेको छैन ।