पाँच जिल्लामा प्रजिअ हेरफेर, लमजुङमा शर्मा

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लक्ष्मणबहादुर खड्काले जेठ १० गतेबाट अनिवार्य अवकाश पाएपछि लमजुङमा नयाँ प्रजिअ आउने भएका छन् ।

गृह मन्त्रालयबाट कृष्णप्रसाद शर्मा लमजुङको प्रजिअ भएर आउने भएका हुन् । शर्माले रामेछाप, सोलुलगायतका जिल्लामा प्रजिअ भएर कुशलतापूर्वक कार्य गरेका थिए ।

कोरना कहरकाविच पनि जिल्लामा कुशलतापूर्वक कार्य गरेको भन्दै घर जाँदाजाँदै प्रजिअ खड्का गण्डकी प्रदेश सरकारबाट सम्मानित भएका छन् । ३० वर्षे सेवाको अन्तिम समयमा लमजुङको कमाण्ड सम्हालेका खड्कालाई केही दिनअघि मुख्यमन्त्री पृश्वीसुब्बा गुरुङले सम्मान गरेका हन् ।

पाँच जिल्लामा हेरफेर :

गृह मन्त्रालयले लमजुङसहित पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू हेरफेर गरेको छ ।

मन्त्रालयकाअनुसार रसुवा, नवलपरासी, बाजुरा, बैतडी र लमजुङका प्रजिअ फेरिएका हुन् ।

उनका अनुसार हरि पन्तलाई रसुवाको प्रजिअ बनाएर पठाइएको छ भने त्यहाँका प्रजिअ अर्जुन भण्डारीलाई गृह मन्त्रालयमा ल्याइएको छ । सागरमणि पाठकलाई नवलपरासीमा सरुवा गरिएको छ । त्यहाँका प्रजिअ वासुदेव दाहाललाई गृह मन्त्रालयमा ल्याइएको छ ।

अनिवार्य अवकाश पाएका लमजुङका प्रजिअ लक्ष्मण खड्काको ठाउँमा गृह मन्त्रालयका कृष्णप्रसाद शर्मालाई पठाइएको छ ।

बाजुराका प्रजिअ गंगाप्रसाद न्यौपानेलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा ल्याइएको छ भने त्यहाँ कृष्ण गैरेलाई पठाइएको छ ।

मोहन जोशीलाई बैतडीको प्रजिअ बनाइएको छ । त्यहाँका आनन्द पौडेललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: