पहिरो खस्दा ढुङ्गाले लागेर चिनिया मजदुरको मृत्यु

लमजुङको मस्र्याङ्दी गाउँपालिका वडा नं. ६ नाईचेमा पहिरो खस्दा ढुङ्गाले लागेर एक चिनियाँ नागरिकको मृत्यु भएको छ ।

बुधबार विहान ढुङ्गाले लागेर निर्माणाधिन ३० मेगावाटको न्यादी जलविद्युत आयोजनामा कार्यरत चिनिया मजदुरको मृत्यु भएको हो । ढुङ्गा लागेर एक मजदुर घाइते भएका छन् ।

आयोजनामा काम गर्न जाँदा पहराबाट झरेको ढुङ्गा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ट्रक चालक ४३ बर्षिया लु ज्याङ रहेका छन् । उनको पासपोर्ट नम्बर ई ८८५६०७९८ रहेको छ ।

घाईते हुनेमा इन्जिनियर ३१ बर्षिया उ बाउछीं छन् । उनको पासपोर्ट नम्बर ई ७८३३६७४७ रहेको छ । घाईतेलाई हेलिकप्टरमार्फत थप उपचारको लागि काठमाडौँ लैजाने तयारी गरिएको छ । मृतकको पोष्र्टमार्टम पनि काठमाण्डौंमा गरिने भएको छ ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: