पल्लोटारी पहिरो पिडित बालबालिकालाई राहात वितरण

लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ पल्लोटारीका पहिरो पिडित बालबालिकालाई राहात उपलब्ध गराइएको छ ।

लायन्स क्लब अफ काठमाण्डौ कन्सर्न ३२५ ए २ ले बालबालिकाहरुका लागि आबस्यक झोला, स्टेश्सनरी सामाग्र्री, टिफिन बक्स, पानी राख्ने बोटल, स्वास्थ्य सुरक्षाका लागि सावुन, ब्रस, मन्जन, सेनेटरी प्याड, तौलिया लगायतका सामाग्री उपलब्ध गराएको हो ।

लायन्स क्लब अफ काठमाण्डौ कन्सर्न ३२५ ए २ का सदस्य एवं समाजसेवी मस्र्याङ्दी–९ सुवेदीगाउँ निवासी मनोज सुवेदीको पहलमा राहात सामाग्री ल्याइएको हो । १ लाख ६८ हजार ४ सय ४७ रुपियाँ बराबरको राहात सामाग्री १ सय १६ जना बालबालिकालाई वितरण गरिएको छ ।

पहिरो पिडितहरु बस्दै आएको तरापु देविस्थानमा मंगलबार एक कार्यक्रमकाविच गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, वडा नं. ३ का वडा अध्यक्ष प्रेम बस्नेत, वडा नं. ९ का वडा सदस्य रामप्रसाद सुवेदी, सहयोगी संस्था लायन्स क्लब अफ काठमाण्डौ कन्सनका सदस्य एवं रुमटु रिडका कार्यक्रम अधिकृत मनोज सुवेदी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवीनराज कुइँकेल, ग्रिन फाण्डेसन नेपालका कार्यक्रम प्रबन्धक अशोक सापोटालयायतले राहात सामाग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा अमर उमावि खुदीका प्रधानाध्यापक तीर्थ बस्नेत, धनेश्वर प्राविका प्रधानाध्यापक उपेन्द्र पोख्रेललगायतको उपस्थिति रहेको थियो ।

पहिरोबाट पल्लोटारीका २१ घर पुर्णरुपले ध्वस्त भएका छन् । अन्य ५९ घर उच्च जोखिममा छन् । अधिकांश घरहरु पहिरोले आधा पुरिसकेका छन् । सो गाउँमा ८० घर थिए । ८० घरका करिब ४ सय परिवारलाई अन्यन्त्र स्थान्तरण गरेर बसोबासको ब्यवस्था मिलाइएको वडा अध्यक्ष प्रेमबहादुर बस्नेतले बताए ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: