पत्रकार कमलीलाई प्रेस काउन्सील युवा पत्रकारीता पुरस्कार

लमजुङमा रही क्रियाशिल रुपमा पत्रकारिता गर्दै आएकी पत्रकार शान्ता कमली लाई प्रेस काउन्सिलको युवा पत्रकारीता पुरस्कार २०७७ प्रदान गरिएकोे छ ।

लमजुङमा रही ०६८ सालदेखि क्रियाशिल रुपमा पत्रकारिता गर्दै आएकी कमलीलाई काउन्सिलको युवा पत्रकारीता पुरस्कार २०७७ बाट पुरस्कृत गरिएको हो । मंगलबार नेपाल पत्रकार महासंघको कार्यालयमा आयोजित प्रेस काउन्सिल नेपालको ५१ औ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रममा प्रतिनिधि सभाका सभामुख अग्नीप्रसाद सापकोटा, प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ र नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।

कमलीलाई नगद १५ हजार र सम्मानपत्रले सम्मान गरिएको हो । २०६८ सालदेखि पत्रकारीता क्षेत्रमा लागेकी कमली नयाँपत्रिका राष्ट्रिय दैनिकको लमजुङ संवाददाता, नेपाल पत्रकार महासंघ लमजुङको कोषाध्यक्ष र संचारीका समुह नेपाल लमजुङकी अध्यक्ष हुन् । उनले समुदायमा सकारात्मक प्रभाव पार्ने गरी कलम चलाउँदै आएकी छिन् ।

यसअघि उनी ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार’ बाट सम्मानित भइकसकेकी छिन् । सार्क राष्ट्रको नमुना पर्यटकीय गाउँ ‘घलेगाउँ’ ले र अलैंची व्यवसायी महासङ्घले समेत उनलाई सम्मानित गरेको थियो ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: