न्यादी जलविद्युतले दियो मर्स्याङ्दी गाउँपालिकालाई १५ लाख रोयल्टी

लमजुङ । मर्स्याङ्दी गाउँपालिकामा निर्माणधिन न्यादी जलविद्युत आयोजनाले आफुँले प्रयोग गरेको ढुङ्गा, गिटी, बालुवा पावतको १५ लाख रुपैयाँ रोयल्टी रकम गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।

स्थानीय सरकार ऐन २०७४ मा व्यवस्था भए बमोजिम गाउँपालिका अध्यक्ष अजुर्न गुरुङलाई उनकै कार्यकक्षमा वुटवल पावर कम्पनी लिमिटेडका उप महाप्रवन्धक टिकाराम भट्टले चेक हस्तान्तरण गरेका हुन् ।

गाउँपालिका भित्र सञ्चालित योजना वा आयोजनाले प्राकृतिक स्रोतसाधन उपयोग गरे बापत रोयल्टी उठाउने प्रावधान बमोजिम गाउँपालिकाले उक्त रकम लिईएको अध्यक्ष गुरुङले बताए ।

सो आयोजनाको निर्माणकार्य थालिए देखि ढुंगागिटी वालुवा लगायतका वस्तु उपयोग गर्दै आएकाले रोयल्टी बापतको सो रकम उपलब्ध गराएको गाउँपालिका उपाध्यक्ष होमबहादुर विकले बताए ।

रोयल्टी रकम हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष होमबहादुर विक, प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा, आयोजना प्रभावित क्षेत्रका वडाध्यक्ष युवा घले, न्यादी जलविद्युत आयोजनाका सिनियर प्रोजेक्ट ईन्जिनियर विवेक कारान्जित, आयोजनाका प्रशासन अधिकृत बासुदेव गड्तौलाको सहभागिता रहेको आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले बताए ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner