नेपाली काँग्रेसले पल्लोटारी पहिरो पीडितको ब्यवस्थापनमा श्रमसहयोग गर्ने

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–३ पल्लोटारीका पहिरो पीडितको अस्थायी बसोबासका लागि नेपाली कांग्रेसले श्रम सहयोग गर्ने भएको छ ।

नेपाली काँग्रेस मस्र्याङ्दी गाउँ कार्यसमितिको बैठकले पार्टी कार्यकर्ता र भातृसंगठनलाई श्रम सहयोगमा प्रयोग गर्ने निर्णय गरेको हो ।

पार्टी सभापति कृष्णबहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले पहिरो पीडितको सहयोेग संकलनका लागि सिभिल बैंक भुलभुले र कृषक जागरण साकोस खुदीमा खाता सञ्चालन गर्ने निर्णय गरेको छ ।

काँग्रेसले पहिरो पीडितका लागि तत्काल राहात उपलब्ध गराउँदा विरोध भएको भन्दै सो घटनाको निन्दा गरेको छ । काँग्रेसले पहिरो गएकै दिन साउन ७ गते १८ बोरा चामल, दाल, नुन, साबुन, लगायतका सामाग्री दिएको थियो ।

बैठकले दुखद घटनामा तत्काल उद्धार र रहातको लागि खटिएका जनप्रतिनिधिहरु, राष्ट्र सेबक कर्मचारी, सुरक्षा निकाय, पत्रकार, संघ संस्थाहरु, स्थानीय सबैलाई धन्यवाद दिएको छ । साथै पहिरो पीडितप्रति सहानुभुति र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको सचिव विमल पौडेलले जनाकारी दिए ।

बैठकमा पार्टी जिल्ला सचिव हरि बराल, जिल्ला कार्यसमिति सदस्य नरबहादुर गुरुङलगातको सहभागिता थियो ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner