नेपालमा कोरोना संक्रमितको संख्या १,२१२ पुग्यो, ६ जनाको मृत्यु

काठमाडौं, जेठ १६ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या एक हजार २१२ पुगेको छ । पछिल्लो २४ घन्टामा १७० जना नयाँ संक्रमित थपिएका हुन् ।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप १७० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

२ सय ६ जना निको भएर घर फर्किएको डा. देवकोटाले जानकारी दिए । एक हजार जना आइसालेसनमा रहेका छन् ।

अहिलेसम्म पिसिआर प्रविधिबाट ६४ हजार १५४ जना, आरडिटीबाट १ लाख ५ हजार ४७८ जनाको परीक्षण गरिएको छ । क्वारेन्टिनमा ९९ हजार ३३६ जना रहेका छन् ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ६ पुगेको जनाएको हो ।

भारतबाट फर्किँदै गर्दा मृत्यु भएका भूमिस्थान अर्घाखाँचीका ३५ वर्षीय युवकमा पनि संक्रमण भएको पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ का एक युवकको यही जेठ १० गते भारतबाट फर्किने क्रममा बाटोमै मृत्यु भएको थियो । भैरहवाको प्रयोगशालामा स्वाब परीक्षण गर्दा बिहीबार मात्रै उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

बिहीबार नै कोरोना भएको पुष्टि भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने उनको मृत्युको शुक्रबार मात्रै औपचारिक घोषणा गरेको हो ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner