नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमितको सख्ंया ४ सय ५३ पुगेको छ । आज थप ९ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज झापा र रुपन्देहीका जिल्लामा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पाइएको जानकारी दिए ।

संक्रमितमध्ये ८ जना झापाको कचनकवलका र १ जना रुपन्देहीका रहेका छन् । रुपन्देहीका २७ वर्षीय पुरुष हुन् भने झापामा १७ वर्षीय, १८ वर्षीय दुई, २० वर्षीय दुई, २३, ५२ र ५५ वर्षीय पुरुषहरु छन् ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *