नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

सरकारको नीति तथा कार्यक्रम, आगामी आर्थिक वर्षको बजेट, कोरोना भाइरस नियन्त्रण तथा रोकथामका उपाय र पार्टीको स्थगित स्थायी कमिटी बैठकका विषयमा छलफल हुने एक सचिवालय सदस्यले जानकारी दिए ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको परामर्समा महासचिव विष्णु पौडेलले बैठक बोलाएका हुन् ।

आजको बैठकले दुई पटक स्थगित भएको स्थायी कमिटी बैठकका विषयमा समेत निर्णय गर्ने स्रोतको भनाइ छ ।

स्थायी कमिटी बैठक गएको वैशाख २५ र ३१ गते बोलाएर अन्तिम समयमा स्थगित भएको थियो ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner