नारायणकाजीले भने, ‘नेपालको आन्तरिक मामलामा बाहिरिया हस्तक्षेप स्वीकार्य छैन’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाको आन्तरिक राजनीतिक मामिलामा बाह्य हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्।

सत्तारुढ दल नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला प्रवक्ता श्रेष्ठको यस्तो धारणा आएको हो।

प्रवक्ता श्रेष्ठले नेपाल एक सार्वभौम राष्ट्र भएकाले आफ्नो निर्णय आफैं गर्न सक्ने प्रष्ट पारेका छन्। साथै, बाहिरी हस्तक्षेप भत्सर्ना योग्य रहेको पनि उनले बताएका छन्।

‘हाम्रो देशको राजनीतिक गतिविधि तथा आन्तरिक मामिलाहरू यो वा त्यो विदेशी शक्तिले तय गरेको हो भन्ने सबै षडयन्त्र सिद्धान्तहरूको हामी घोर भत्सर्ना गर्दछौं,’ श्रेष्ठले ट्वीटमा भनेका छन्, ‘नेपाल एक सार्वभौम मुलुकको रूपमा स्वयं आफ्नो निर्णय गर्न सक्षम छ, हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गर्ने प्रवृत्तिको हामी विरोध गर्दछौं।’ 

साथै पछिल्लो घटनाक्रममा कसैको हस्तक्षेप नरहेको प्रवक्ता श्रेष्ठको प्रष्टोक्ति छ। कतिपय भारतीय मिडियाले नेपालमा चिनियाँ हस्तक्षेप बढेको टिप्पणी गरिरहेका बेला प्रवक्ता श्रेष्ठको यस्तो धारणा आएको हो।

पछिल्लो समय चिनियाँ राजदूत यान्छीले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता माधवकुमार नेपाल लगायतलाई भेटेकी छिन्।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner