दोर्दी गाउँपालिकाको आगामी बजेट ६१ करोड ७३ लाख

लमजुङको दोर्दी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ६१ करोड ७३ लाख २५ हजार ७ सय रुपियाँ ७१ पैसाको बजेट पारित गरेको छ ।

गाउँपालिकाको आठौं गाउँ सभाबाट आर्थिक बर्ष २०७७÷०७८ का लागि बजेट पारित गरेको हो । गाउँपालिका उपाध्यक्ष दीलबहादुर घलेले बजेट प्रस्तुत गरेको बजेटमा कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि १ करोड विनियोजन गरेको छ ।

कृषिमा १ करोड २० लाख, स्वास्थ्यमा ५० लाख, शिक्षामा ५० लाख बजेट विनियोजन गरेको उपाध्यक्ष घलेले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सभा सदस्य धनञ्जय दवाडीले स्थानीय सरकारले नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै काम गर्नुपर्ने बताए । जनप्रतिनिधिले आलोचना, आरोप र आक्षेपबाट बचेर काम गर्नुपर्ने उनको भनाई थियो ।

गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य बुद्धिराम गुरुङ, लालबहादुर गुरुङलगायतले सुझाव राखेका थिए ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner