फलामकाे काम गर्ने आठ जनालाई दोर्दी गाउँपालिकाको कृषि शाखाले आधुनिक उपकरण सहयोग गरेको छ ।
शाखाले प्रत्येक वडाका एक-एकजनालाई आधुनिक उपकरण दिएको हो ।
प्रत्येकलाई ३०–३० हजार रुपैयाँबराबरको सामान प्रदान गरेको गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताए ।
उनीहरूलाई दुई सय ५० एम्पिएर क्षमताको वेल्डिङ मेसिन, भाती, आधा केजी फलामको घन, दुई केजीको फलामे घन, फ्रेन्डा, चार इन्ज रेती र कालो चस्मा सहयोग गरेको उनले बताए ।
कोइलाकाे प्रयाेगबाट काम गर्दा कठिनाई हुने भएकाले काम सहज हाेस भनेर गाउँपालिकाले विद्युतबाट सञ्चालन गर्न मिल्ने सामान दिएको अध्यक्ष गुरुङले बताए ।
उनका अनुसार शतप्रतिशत अनुदानमा ती उपकरण प्रदान गरिएको हो ।