दूधले बजार नपाएपछि पनिर, नौनी र घ्यू

लमजुङ । लकडाउनका कारण उत्पादित दूधले बजार नपाएपछि यहाँका एक व्यवसायीले पनिर, नौनी र घ्यू उत्पादन थालेका छन । लामो समयसम्म राख्न सकिने गरी पनिर, नौनी, घ्यू उत्पादन थालेको सुन्दरबजार नगरपालिका–७ पाउँदीका व्यवसायी ध्रुव पोख्रेलले बताए ।

पोख्रेलको २५ वटा गाईबाट दैनिक एकसय ६० लिटर दूध उत्पादन हुने गरेको छ । ‘लकडाउन अवधिमा सबै दूध बिक्री हुन सकेको छैन’ उनले भने, ‘पोखरा दूध जान नसकेपछि स्थानीय बजारमा सबै कट्न सकेको छैन ।’

उनका अनुसार लकडाउनका कारण मानिस गाउँ–गाउँ पुगपछि बजारमा दूध खपत घटेको हो । ‘दूध खपत नभएकाले पनीर, नौनी, घ्यू लगायत वस्तु उत्पादन गर्न थालेको छु’, पोख्रेलले भने, ‘उत्पादन भएको दही, पनिर, नौनी र घ्यू पनि विक्न समस्या भएको छ ।’ बेंसीसहर, सुन्दरबजार, भोटेओडारमा विक्री गर्ने गरिएको उनले बताए ।

फार्मबाट लकडाउन अघि तीनसय लिटर दूध उत्पादन हुन्थ्यो । लकडाउनले दानाचोकर खुवाउन नसक्दा र केही गाई थकाउँदा दूध घटेको पोख्रेलले बताए ।

सुन्दरबजार नगरपालिकाले उत्पादित वस्तुको बजारीकरण, पशु आहारा, दानापानी ओसारपसारमा आईपरेका समस्याको बारेमा सहजीकरण प्रयास भैरहेको नगरप्रमुख जनक मिश्रले बताए ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *