दुईसय पचास घरधुरीमा पानी खुवाउन शेरा गैसुटा खानेपानी योजनाको शिलन्यास

लमजुङ । जिल्लाको मस्र्याङ्दी गाउँपालिका–९ र बेसीसहर नगरपलिका–६ का गरि चार २ सय ५० घरधुरीमा एक घर एक धारा पु¥र्याइने भएको छ ।

एक घर एक धाराका लागि शनिबार शेरा गैसुटा खानेपानी आयोजना निर्माणको शिलन्यास गरिएको छ । मस्र्याङ्दी–९ लामागाउँस्थित मुहानमा एक कार्यक्रमका विच संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना लमजुङका प्रमुख देवेन्द्र झा र जेष्ठनागरिक सरस्वती सुवेदीले संयुक्त रुपमा शिलन्यास गरेका हुन् ।

शेरा गैसुटा खानेपानी योजनाबाट बेसीसहर नगरपालिकाको चण्डिस्थान शेरा, मस्र्याङ्दी गाउँपालिकाको गैरागाउँ, टारगाउँ, सुवेदीगाउँ, पुर्वेलीटोल, गैरी, बगैंचा टोलका गरि २ सय ५० घरधुरी लाभान्वित हुनेछन् ।

खानेपानी मन्त्रालयबाट प्राप्त बजेटबाट योजना सम्पन्न गरिनेछ । आगामी असोजसम्म घरघरमा धारा पु¥र्याउने गरि निर्माण तिब्र बनाइने शेरा गैसुटा खानेपानी उपभोक्ता समितिका अध्यक्ष यादवचन्द्र घिमिरेले जानकारी दिए ।

योजना सम्पन्न हुनका लागि ३ करोड २२ लाख लागत लाग्ने संघीय खानेपानी तथा ढल ब्यवस्थापन योजना लमजुङका प्रमुख देवेन्द्र झाले बताए । कार्यालय र उपभोक्ता समितिविच सम्झौता भई चालु आर्थिक वर्षभित्रै घरघरमा पानी झार्ने लक्ष्य लिइएको झाले बताए ।

उक्त योजनाका लागि बजेट विनियोजन गर्न नेकपाका स्थायी समिति सदस्य एवं संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पहल गरेका थिए ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: