दिवेश बने अमेरिकन आइडलको उपविजेता

काठमाडौं । अर्थर गनबाट परिचित नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता बनेका छन् । दिवेशको अमेरिक आइडल बन्ने सपना चुकाउँदै जस्ट साम अमेरिकन आइडल बन्न सफल भइन् ।

आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भइन् । उपाधिको दावेदारका रुपमा हेरिएका दिवेशलाई उपाधि जित्न पर्याप्त भोट आएन । खुसीको कुरा दिवेश अमेरिकन आइडलको फाइनलमा पुग्ने पहिलो नेपाली बनेका छन् ।
काठमाडौं निवासी दिवेश सन् २०१४ मा अमेरिका गएका हुन् ।

अमेरिकन आइडल बनिन जस्ट साम :

लाइबेरियन मुलकी अश्वेत गायिका २१ वर्षीया जस्ट सामले अमेरिक आइडलको उपाधी चुम्न सफल भइन् । उनको वास्तविक नाम समन्था डियाज हो । न्यूयोर्क निवासी सामले ट्रेनहरुमा गाउने गर्थिन् ।

सामलाई जिताउनका लागि लाइबेरियामा अभियान नै चलाइएको थियो ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *