दिप प्रज्वलनगरी संविधान दिवस मनाईने

सरकारले असोज २,३ र ४ गते घरघरमा राष्ट्रिय झण्डा फहराउँदै साँझ दिप प्रज्वलन गरेर संविधान दिवस मनाउन आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संविधान दिवस मुल समारोह समितिको निर्णय बमोजिम जिल्ला प्रशासन कार्यालय लमजुङले जिल्लावासीलाई उक्त आग्रह गरेको हो ।


जिल्लास्थित सरकारी निकाय, प्रतिष्ठान, संघसंस्था, कार्यालयमा र जिल्लावासीका घरघरमा राष्ट्रिय झण्डा फरफराउँदै साँझ दिप प्रज्वलन गरेर यस बर्षको संविधान दिवस मनाउन मनाउन जिल्ला प्रशाासन कार्यालय लमजुङले सूचना जारी गरेको छ ।

कोभिड–१९ को महामारीलाई ध्यानमा राखि संविधान दिवसमा कार्यालय तथा घरघरमै राष्ट्रिय झण्डा फरफराउँदै साँझ दिप प्रज्वलन लगायतका कार्यक्रम आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले बताए ।


त्यस्तै, जिल्ला प्रशासन कार्यालय लमजुङले स्थानीय सञ्चार माध्यम मार्फत प्रकाशन तथा प्रशारण गरेर संविधानसँग सम्बन्धित सन्देश तथा कार्यक्रमहरु गर्ने सरकारको निर्णय रहेको छ ।

विभिन्न पुजापाठ धार्मिक स्थल लगायतका स्थलमा नित्य पुजा गर्दा राष्ट्रिय, स्वतन्त्र, संविधानका लागि आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात शहिदहरुको आत्मशान्तिको लागि राष्ट्रको तर्फबाट उच्च सम्मान र श्रद्धाञ्जली प्रकट गर्दै पुजापाठ गर्न अनुरोध गरेको छ ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: