दशैंको अबसरमा सिनो हाइड्रोमा विविध साँस्कृतिक कार्यक्रम

लमजुङ । नेपालीहरुको महान् पर्व बिजयादशमीको अवसरमा सिनो हाइड्रो सगरमाथा पावर कम्पनी प्रालिले विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

मस्र्याङदी गाउँपालिकामा ५० मेगावाटको माथिल्लो मस्र्याङदी ‘ए’ जलविद्युत आयोजना निर्माण गरेको कम्पनीले अक्टोबर २३ र २४ तारिखका दिन कार्यक्रम गरेको हो । दशैंको अवसरमा कम्पनीको साइट कार्यालयमा नेपाली साँस्कृतिक कार्यक्रम तथा खेलकुद कार्यक्रम गरेको हो ।

आयोजनाका दोभाषे दयाराम दाहालका अनुसार खेलकुद तथा साँस्कृतिक कार्यक्रमको उद्घाटन कम्पनीका म्यानेजिङ डाइरेक्टर यान होङवेले गरेका थिए । कोरोना संक्रमणको अवस्थामा उच्च सावधानीका साथ कार्यक्रम गरी कारोनाविरुद्ध लाग्न अनुरोध गरे ।

उनले महामारीको अवस्थामा पनि कम्पनीका कर्मचारीहरु तदारुकताका साथ काम गरेको भन्दै धन्यावाद दिए । यसपटकको दशैं कोरोना संक्रमणको अवस्थामा परेकाले अर्को दशैंसम्म भाइरसलाई परास्त गर्न सकिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाली कर्मचारीबीच बास्केटबल खेलका साथै बोरा दौड तथा संगुर पक्रने खेल सञ्चालन गरिएको थियो । पुरुष तथा महिला दुवै टिमबीचमा खेल सञ्चालन गरिएको थियो । यस्तै विविध चिठ्ठा कार्यक्रम गरिएको थियो ।

खेलकुद कार्यक्रममा सामाजिक दुरी कायम गरिएको थियो । यस्ता कार्यक्रमले कर्मचारीको मनोवैज्ञानिक, मानसिक तथा शारीरिक स्वास्थ्य सवल हुने विश्वास कम्पनीले लिएको छ ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: