तनहुँका कोरना संक्रमितलाई आयुर्वेद औषधि !

दमौली । तनहुँमा उपचारत रहेका कोरना संक्रमितको रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद औषधि हस्तान्तरण गरिएको छ ।

तनहुँमा एक जना कोरना संक्रमित उपचारत छन् । उनको प्रतिरोधात्मक क्षमत बढाउन पोखरास्थित कुशुम कृष्ण आयुर्वेदकका सञ्चालक कृष्ण राउतले ७ प्रकारका औषधि उपलब्ध गराएका हुन् ।

राउतले शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख सविता रसाइलीलाई औषधि हस्तान्तरण गरेका छन् ।

अश्व गन्धा चूर्ण, आमलकी चूर्ण, यष्टीमधु चूर्ण, गुडुची चूर्ण, तुलसी चिया, त्रिकटु चूर्ण र च्यावनप्रास हस्तान्तरण गरेको राउतले बताए । तनहुँका संक्रमित जिपी कोइराला श्वासप्रस्वास केन्द्र दुलेगौडामा उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले कोरोनाको उपचार तथा खोप तयार नभइसकेको अवस्थामा रोग प्रतिकारात्मक क्षमता बढाउने गुण भएका जडिबुटीहरुको प्रयोग गर्न सुझाव दिएको छ ।

विभागले गुडुची चूर्ण ५ ग्राम आधा लिटर पानीमा पकाएर, असुराको पात र बेसार १ लिटर पानीमा पकाएर, सुठो, मरिच, पिप्ला २ ग्राम र ५ वटा तुलसी पात १ लिटर पानीमा पकाएर, तेजपात र दालचिनी २ ग्राम आधा लिटर पानीमा पकाएर नियमित प्रयोग गर्न सुझाव दिएको छ ।

यसअघि राउतले स्याङ्जा अस्पतालमा उपचाररत संक्रमितलाई सेवन गर्न दिने गरी औषधि उपलब्ध गराएका थिए । बागलुङ, म्याग्दी, पवर्त र नवलपुरमा समेत आयुर्वेद औषधि निस्शुल्क वितरण गर्ने कार्यक्रम रहेको उनले बताए ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner