ठेक्का लिएर मल नल्याउने कम्पनीमाथि कारबाही

काठमाडौं । सम्झौता बमोजिम युरिया मल आयात नगर्ने २ कम्पनीमाथि कारबाहीको निर्णय भएको छ ।

गत अप्रिल २४ र २७ मा ५० हजार मेट्रिय टन युरिया मल आयातका लागि शारदाप्रसाद अधिकारीको सैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिपल प्रालिसँग सम्झौता भएपनि तोकिएको समयभित्र मल ल्याउन नसकेकाले कृषि सामग्री केन्द्रले कारबाहीको निर्णय गरेको हो ।

यी दुई कम्पनीले २५–२५ हजार मेट्रिकटन मल ल्याउने ठेक्का लिएका थिए । तर हालसम्म पनि उनीहरुले मल नल्याइदिँदा देशभर मलको हाहाकार भएको छ । 

दुबै सप्लायर्सले मल आयातका लागि १२ मेमा नेपाल इन्भेस्टमेन्ट बैंक र सिद्धार्थ बैंकमा प्रतिकपत्र खोलेका थिए । 

प्रतितपत्र खोलेको मितिले पहिलो शिपमेन्ट ४२ दिन र दोस्रो सिपमेन्ट ७२ दिनभित्र गरी सम्पूर्ण सामान भदौ ७ भित्रै शिपमेन्ट भैसक्नु पर्ने थियो । तर  समयमा सामान नल्याएपछि  पुनः २५ दिन म्याद थप गरिएकोमा सो मितिमा पनि शिपमेन्ट नभएको केन्द्रले जनाएको छ । 

प्रचलित कानुन अनुसार सप्लार्यसँग क्षतिपूर्ति दावी गरिने केन्द्रले जनाएको छ । साथै ती कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया समेत अघि बढाइने भएको छ । 

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: