जेठ ५ गतेसम्म लमजुङ जिल्ला ‘सिल’ ! यस्तो छ निर्णयहरु

लमजुङ । कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र, जिल्लास्तरीय कमाण्ड पोष्ट लमजुङको शुक्रबार बसेको बैठकले जेठ ५ गतेसम्म लमजुङ जिल्ला सिल गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले जेठ २ गते राती १२ बजेदेखी ५ गते राती १२ बजेसम्म अत्यावस्यक कामको सवारी साधनबाहेक सबै आगमन बन्द गर्ने निर्णय गरेको हो ।

अब एम्बुलेन्स, शवबहान, दमकल र अत्यावस्यक कामका सवारी साधनहरु मत्र जिल्ला भित्रिन पाउँछन् । औषधी तथा खाध्यान्न पसलहरु पनि विहान ६ बजेदेखी ९ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।

बैठकले बैंक, वित्तिय संस्था, विमा, सहकारी सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । कोरना संक्रमण रोक्न सर्वसाधरणले यसअघि नै जिल्ला सिल गर्न माग गर्दै आएका थिए ।

बैठकमा प्रदेशसभा सदस्य मधुमाया अधिकारी र धनन्जय दवाडीको विशेष उपस्थिति रहेको थियो ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner