ग्लोबल आइएमई लद्युवित्त र पूर्व व्रिटिस सैनिकले गरे राहत कोषमा सहयोग

लमजुङ । ग्लोबल आइएमई लद्युवित्त वित्तीय संस्था लिमिटेडले बेंसीशहर नगरपालिकाको राहत कोषमा १५ हजार रुपैया सहयोग गरेको छ ।

ग्लोबल आईएमई लद्युवित्तका नायब प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले मंगलबार बेसीशहर नगरपालिकाका नगर प्रमुख गुमानसिंह अर्याललाई उक्त रकम बराबारको चेक दिएका हुन् ।

सो संस्थाले संघ सरकारलाई ५ लाख रुपियाँ दिएको थियो । ६८ जिल्लामा शाखा रहेको सो संस्थाले स्थानीय सरकारको कोषमा १० देखी १५ हजार सहयोग गरेको नायव प्रमुख कार्यकारी अधिकृत जोशीले बताए ।

यस्तै, बेसीशहर नगरपालिका ८ निवासी पूर्व ब्रिटिस आर्मी कर्णबहादुर गुरुङले पनि नगरपालिकाको राहत कोषमा १५ हजार १ सय १५ रुपैयाँ दिएका छन् ।

नगरपालिका प्रमुख गुमानसिंह अर्याललाई रकम हस्तान्तरण गर्दा प्रमुख प्रशासकिय अधिकृत मोहन प्रसाद मरासिनी, वडा नम्बर ८ का वडा अध्यक्ष पवित्र थापा लगायतको सहभागिता थियो ।

सो रकम कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका कार्यक्रममा खर्च गरिने नगरपालिकाले जनाएको छ ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *