गण्डकीको बजेट अधिवेशन पोखरा सभागृहमा हुने, बैठक जेठ ११ बाट चल्ने

पोखरा । गण्डकी प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सुरु हुने भएको छ । आइतबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

कोरना संक्रमणका कारण अधिवेशन पोखरा सभागृहमा बस्ने भएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार साँझ फेसबुक लाइभमा बोल्दै अहिलेको भवनमा सामाजिक दुरी कायम गर्न नसकिने भएकाले पोखरा सभागृहमा सञ्चालन गर्ने गरी त्यहाँको वस्तुगत अवस्थिति अवलोकन गरिएको बताए ।

सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सिर्जना शर्मा लगायत प्रदेश सभा सदस्यको टोली मुख्यमन्त्रीसँग पोखरा सभागृह हल निरिक्षिणमा गएका थिए । जेठ १० भित्र पोखरा सभागृह मर्मत गरिसक्ने गरि तयारी गरिएको छ ।

प्रदेश सभा अधिवेशनमा प्रदेश सरकारले आगामी वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नेछ ।

प्रदेश सभाको विधेयक अधिवेशन वैशाख २३ गते अन्त्य भएको थियो ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *