खुदीबजार अनुगमन, २५ प्रतिशतले मूल्यबृद्धि !

कोभिड–१९ संक्रमण रोकथामका लागि जारी लकडाउनका विचमा खाध्यवस्तुहरुमा २५ प्रतिशतले मुल्यवृद्धि भएको पाइएको छ ।

मस्र्याङ्दी गाउँपालिकाको अनुगमन समितिले विहिबार खुदीबजारमा सञ्चलित पसलहरुको अनुगमनमा खाध्यवस्तुहरुमा मुल्यवृद्धि भएको पाइएको हो । लकडाउनका कारण नारायणघाट तथा बेसीसहरबाटै मुल्य बढेर आएको ब्यवसायीहरुले बताएका छन् ।

‘तलबाटै सबै सामानमा मुल्य बढेर आएको छ । हप्तैपिच्छे मुल्य बढेर सामान आउँछ’, लमजुङ उद्योग बाणिज्य संघ खुदी इकाइका पूर्व अध्यक्ष लेखमान कतिलाले भने, ‘अस्वभाविक मुल्य बढेर आउँदा हामीसमेत समस्यामा परेका छौं ।’

अनुगमनका क्रममा सामान खरिदको विल हेर्दा मुल्य बढेर आएको देखिएको गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताए । ‘विल हेर्दा केही सामानको हप्तैपिच्छे मुल्य बढेको देखिन्छ’, विकले भने, ‘तलैबाट मुल्य बढेर आएपछि यहाँपनि बढेको देखिन्छ ।’

कोरना संक्रमणबाट बच्न खाध्य पसलहरुलाई भिडभाड नगरी विक्रिवितरण गर्न अनुगमन टोलीले सुझाव दिएको छ । पसलमा आउने ग्राहकलाई अनिवार्य मास्क लगाउन र सामान किन्नुअघि सावुनपानीले हात धुने व्यवस्था मिलाउन अनुगमन समितिले निर्देशन दिएको छ ।

‘खुदीबजार गाउँपालिकाको सबैभन्दा बढी भिडाभाड हुने क्षेत्र हो । ठुला पसल, सहकारी, मेडिकल सबै यहीँ छन्’, गाउँपालिकका अध्यक्ष अर्जुन गुरुङले भने, ‘संक्रमण जोखिम घटाउन भिडभाड कम गरेर सेवा प्रवाह गर्न लगाएका छौं ।’

पलिका भित्र रहेका पसलहरु विहान ६ बजेदेखी ९ बजेसम्म मात्र चलाउन दिइएको उनले बताए । खाध्य सामाग्री बोक्ने सवारीलाई कम गराउन आवस्यकताको आधारमा वडाअध्यक्षको सिफारिसमा मात्र चल्न दिने ब्यवस्था मिलाइएको छ ।

अनुगमनमा गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष विक, प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवीनराज कुइँकेल, खुदी प्रहरी चौकीका इन्चार्ज यमप्रसाद शर्मा, उद्योग बाणिज्य संघ खुदी इकाइका अध्यक्ष वीरेन्द्र भण्डारी, इकाइका सचिव सूर्यप्रकाश कतिला, गाउँपालिकाका प्रशासन अधिकृत अर्जुन प्रशाई, युवा तथा खेलकुँद विकास समितिका संयोजक रवि थापा लगायतको सहभागिता थियो ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *