कोरोना भाइरसबाट एक महिनायता एकजनाको पनि मृत्यु नभएको चीनको भनाइ

चीनमा एक महिनायता कोरोना भाइरसको संक्रमणबाट एकजनाको पनि मृत्यु भएको छैन । 

चीनको स्वास्थ्य  आयोगले गत अप्रिल १४ पछि कुनै पनि कोरोना भाइरससम्बन्धी मृत्यु घोषणा नगरेको हो ।

त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले आज शुक्रबार चारजना नयाँ संक्रमित थपिएको जानकारी दिएको छ । 

यी सबै जिलिन प्रान्तमा स्थानीय संक्रमण भएका हुन् ।

जिलिनमा पछिल्लो समय स्थानीय संक्रमण बढ्दै गएको देखिएको छ ।

नयाँ पाइएका व्यक्तिहरूसँग समपर्कमा रहेकाहरूको धमाधम परीक्षण चलिरहेको त्यहाँका अधिकारीहरूले जनाएका छन् । 

हाल चीनमा भाइरसबाट संक्रमित ६३ मानिस मात्रै उपचारको क्रममा छन् । 

चीनमा कुल ८३ हजार नाै सय ३३ संक्रमित भएका थिए । तीमध्ये चार हजार ६ सय ३३ को मृत्यु भएको छ ।

चीनले सामाजिक दूरी एवं सुरक्षाका उपायहरू कडाइका साथ लागू गरेको छ । 

विश्वकै दोस्रो ठूलो अर्थतन्त्रका रूपमा रहेको चीनमा क्रमशः आर्थिक गतिविधिहरू सक्रिय पार्दै लगिएको छ । 

(एजेन्सी)

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: