कोरोना अपडेट: संक्रमित ५८ हजार ३२७, निधन ३७९ , डिस्चार्ज ४१ हजार ७०६

काठमाडाैँ-नेपालमा कोरोना संक्रमितको कुल संख्या ५८ हजार ३२७ पुगेको छ भने मृत्यु हुनेको संख्या ३७९ पुगेको छ।

यस्तै हालसम्म डिस्चार्ज हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा १० हजार ४९४ जनाको पीसीआर परीक्षण भएको छ भने मन्त्रालयका अनुसार बुधबार मात्रै १ हजार ६८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका १, ओखलढुङ्गाका १, खोटाङका १, झापाका १९, धनकुटाका २, भोजपुरका ५, मोरङका ३५, सुनसरीका ७० जनामा कोरोना संक्रमित थपिएका छन्।

यस्तै धनुषाका ३, पर्साका ७, बाराका १, महोत्तरीका १, रौतहटका १, सप्तरीका ४४, सर्लाहीका १, सिरहाका २७४जनमा संक्रमित थपिएका छन्।

यसैगरी काठमाडौँका ६५२, काभ्रेका १८, चितवनका १, दोलखाका ३, धादिङका ७ र नुवाकोटका १ जना थपिएका छन्।

यसैगरि भक्तपुरका २५, मकवानपुरका ४९, रामेछापका १, ललितपुरका ६०, सिन्धुपाल्चोकका १, सिन्धुलीका १, कास्कीका ३२, गोरखाका १९, तनहुँका ३, नवलपरासीपूर्वका ५, म्याग्दीका १ जना रहेका छन् भने लमजुङका २, बागलुङका ४, स्याङ्जाका २, अर्घाखाँचीका ९, कपिलवस्तुका १, गुल्मीका २ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यस्तै दाङका ८, नवलपरासीका ४, पाल्पाका २, वर्दियाका २, बाँकेका ४४, रुपन्देहीका ४५, रोल्पाका ३, जाजरकोटका १, दैलेखका २, रुकुमपश्चिमका १, सल्यानका ३३, सुर्खेतका १४, अछामका १, कैलालीका १४ जना संक्रमित थपिएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ। हाल ७ हजार ८२० जना क्वारेन्टिनमा छन्। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १७३ जनाको आईसीयुमा र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन्। यसैगरी मोरङ, सुनसरी, सिराहा, काठमाडौँ, चितवन, मकवानपुर, रुपन्देहीमा र भक्तपुरमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: