कोरोना अपडेट: संक्रमित १५९६४, निधन ३५, संक्रमणमुक्त ६८११

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ भने मृत्‍यु हुनेको संख्‍या ३५ पुगेको छ । यस्तै हालसम्‍म कोरोना संक्रमण मुक्त भएर ६ हजार ८ सय ११ जना घर फर्किएका छन्।

पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा ४ हजार ७ सय २१ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल क्वारेन्टाइनमा २९ हजार २ सय १५ जना रहेका छन् भने आइशोलेशनमा रहेकाहरुको संख्या ९ हजार १ सय १८ रहेका छन्। सोमबार मात्रै २६४जना कोरोनालाई जितेर घर फर्किएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २४, भक्तपुरका १०, ललितपुरका २०, झापाका ५, सिराहाका ३, सुनसरीका २, खोटाङका ३, सप्तरीका ८, नुवाकोटका १, सर्लाहीका ६, चितवनका १, नवलपरासीका ६, रौतहटका ६, काभ्रेका ४, ओखलढुङ्गाका ३ जना रहेका छन्।

यस्तै सिन्धुपाल्चोकका ३, बाराका १, चितवनका ३, दाङका २, धादिङका १, दोलखाका २, गोर्खाका ७, कास्कीका ८, मकवानपुरका ५, संखुवासभाका १, सिन्धुलीका २, ताप्लेजुङका १, अर्घाखाँचीका १, उदयपुरका १, बागलुङका ६, लमजुङका ११, पाल्पाका ४, प्युठानका ४,जाजरकोटका १, डढेलधुराका ५, जुम्लाका १ र कैलालीका ८ जना संक्रमित थपिएका हुन्।

यस्तै प्रदेश-१ मा ७१० जना क्रोना संक्रमित भएका छन्। जसमध्‍ये ४६९ जना डिस्चार्ज भएर घर फर्कि सकेका छन्।

यस्तै प्रदेश -२ मा ४हजार १ सय ८४जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ सय ७२ जना कोरोनालाई जितेर घर फर्किएका छन्।

यसैगरी बागमती प्रदेशमा ६सय ३९ जनमा कोरोना संक्रमण पुष्टि भएको छ भने २ सय ३४ जना कोरोनाको सफल उपचार गराएर डिस्चार्ज भएका छन्।

यस्तै गण्डकी प्रदेशमा १ हजार १ सय ७५जनमा कोरोना संक्रमण र २ सय ९५ जना डिस्चार्ज भएर घर फर्किएका छन्।

यस्तै प्रदेश-५मा ३हजार ९ सय ८४जना कोरोनाको सिकार भएका छन् भने १हजार ८ सय ५७ डिस्चार्ज कोरोनालाई जितेर घर फिर्ता भएका छन्।

त्यसैगरी कर्णाली प्रेदशमा १ हजार ५ सय ८१ जनामा कोरोना पोजिटिभ भएको छ भने १ सय २२ जना डिस्चार्ज भएका छन्।

यस्तै सुदुर प्रश्‍चिम प्रदेशमा ३ हजार ६ सय ९१ जनामा कोरोना संक्रमण पुप्ष्टि भएको छ भने ६ सय ६२ जना डिस्चार्ज भएका छन्।

र जम्मा १५ हजार ९ सय ६४ मध्‍ये ६८११ जना स्वास्थ्‍य लाभ गरी डिस्चार्ज भएका छन्। यो ४२.७६ प्रतिशत रहेको छ। यस्तै आइशोलेशनमा रहेका संक्रमितहरु ९ हजार १सय १८ अर्थात ५७.१ प्रतिशत रहेका छन्।

पाँस सयभन्दा माथि उपचारमा रहेका कोरोना संक्रमित जिल्लाहरुमा प्रदेश २, प्रदेश ५ र सूदूर पश्‍चिम प्रदेश रहेका छन्। प्रदेश-२का दुई जिल्लाहरु महोत्तरी र रौतहटमा कोरोना संक्रमित बढी रहेका छन्।

यस्तै प्रदेश-५मा पाल्पा र सुदूर-प्रश्‍चिम प्रदेशका जिल्लाहरुमा अछाम कैलाली र बाजुरा रहेका छन्।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner