कोरोना अपडेटः संक्रमित ७१७७, निधन २०, संक्रमणमुक्त ११६७

काठमाडाैँ– नेपालमा कोरोना संक्रमितको संख्या सात हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक विवरण अनुसार नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेकाे छ।

यस्तै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ। बाँकेमा एक जना महिलाको कोरोनाका कारण मृत्यु भएपछि नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० पुगेकाे हाे।

बाँकेको बैजनाथ—६ की ४६ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। मृगौला सम्बन्धी समस्याका कारण जेठ ३० गते नेपालगञ्ज मेडकल कलेज शिक्षण अस्पतालमा भर्ना भएकी ती महिलाको असार १ गते साँझ मृत्यु भएको थियो। असार १ गते नै कोरोना परीक्षणका लागि उनको स्वाब संकलन गरिए पनि असार २ गते (मंगलबार) मात्रै रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

बुधबार एकैदिन नेपालमा ५ सय ८६ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये  ४० जना महिला र ५४६ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ थपिएका संक्रमितहरु उदयपुरका ४, सिराहाका १, मोरङका ९, झापाका २, धनुषाका २६, महोत्तरीका २००, बाराका ७, रौतहटका १३७, कपिलवस्तुका १०, रुपन्देहीका ७, सर्लाहीका ६, प्युठानका ३४, अर्घाखाँचीका १२, कैलालीका १, पर्वतका ३, नवलपरासीका १७, गुल्मीका २६, बाँकेका १, बर्दियाका ३१, दाङका ८, सल्यानका २५, सुर्खेतका २, दैलेखका २, कालिकोटका १४ र कञ्चनपुरका ७ जना रहेका छन्।

यस्तै कोरोना भाइरसको संक्रमण बुधबार थप ९ जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेका १ हजार १ सय ६७ पुगेको छ। तीमध्ये १ सय १२ जना महिला र १ हजार ५५ जना पुरुष छन्।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner