
काठमाडौँ– नेपालमा थप २ सय ७३ जना नयाँ कोराना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कारोना संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ।
यस्तै कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतमले थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी दिए।
उनले जेठ २८ गते पर्सा जिल्ला विरगंज महनगरपालिका घण्टाघर नजिक अन्दाजी २५ वर्षका एक पुरुषको बेवारिसे सब फेलापरको र नारायणी अस्पतालको प्रयोगशालामा जाँच गर्दा जेठ ३० गते कोरोना पोजेटिभ पुष्टि भएको बताए।
यस्तै बारा निजगढ नगरपालिका वडा नम्बर ६ योजना टोलका पाँच वर्षिय बालकलाई ज्वरो तथा स्वासप्रश्वासमा समस्या देखिएपछि शुक्रबार विरगंज हेल्थ कियर अस्पतालमा उपचारका लागि ल्याइएको थियो।
आरडिटी परीक्षणमा पोजेटिभ आएपछि आइसोलेसन वार्डमा राखी उपचारका क्रममा मृत्यु भएको डा. गौतमले बताए। नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा समेत कोरोना संक्रमण पोजेटिभ आएको उनले जानकारी दिए। यससँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ।
प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ६१ पीसीआर परीक्षण र २ हजार ५ सय ३० आरडिटी परीक्षण भएको बताए। यससँगै हालसम्म कुल पीसीआर परीक्षण १ लाख २७ हजार २ सय ८८ जनाको भएको छ भने आरडिटी परीक्षणको संख्या १ लाख ९० हजार ५ सय ८२ पुगेको छ।
यस्तै क्वारेन्टाइनमा रहेका मानिसहरुको संख्या १ लाख ५० हजार ५ सय ४९ रहेको छ भने आइसेलेसनमा उपचार गराएका संक्रमितको संख्या ४ हजार ४ सय ४ जना रहेको छ।
पछिल्लो २४ घण्टामा ३६ जना निको भएर घर फर्किएका छन्। यससँगै निको हुनेको संख्या ९ सय १३ पुगेको छ।