कोरोना अपडेटः संक्रमित ४ हजार ८५, निधन १५, संक्रमणमुक्त ५ सय ८४

काठमाडौँ– नेपालमा कोरोना भाइरस संक्रमितको संख्या चार हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ३ सय २३ जना नयाँ संक्रमति थपिएसँगै कोरोना संक्रमितको संख्या चार हजार नाघेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार हालसम्म नेपालमा कोरोना संक्रमतिको संख्या ४ हजार ८५ पुगेको छ।

यस्तै कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको पनि स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।

नियमित प्रेस व्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चितवनको भरतपुर अस्पतालमा एक जना पुरुषको मृत्यु भएको जानकारी दिए।

सोमबार साँझ मात्रै कोरोना पोजेटिभ पुष्टि भएका उनमा ज्वरो, निमोनिया, सुगर र उच्चरक्तचापको समस्या रहेको प्रवक्ता गौतमले बताए। यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ।

यस्तै अहिलेसम्म १ लाख ६ हजार ३ सय ३१ पीसीआर र १ लाख ६६ हजार १ सय ५८ आरडीटि परीक्षण भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ५३ पीसीआर परीक्षण गरिएको छ।

प्रवक्ता गौतमका अनुसार देशभर १ लाख ६५ हजार ७ सय ७५ जना व्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन्। यस्तै आइसोलेसनमा रहेका संक्रमितहरुको सख्या ३ हजार ४ सय ८७ रहेको छ। हालसम्म डिस्चार्ज हुनेको संख्या ५ सय ८४ पुगेको छ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner