कोडफर चेन्जले सुरु गर्यो भर्चुअल टेक कन्क्लेभ

कोडफर चेन्जले  ‘टेक कन्क्लेभ २०२०  शुरु गरेको छ।

लकडाउन ले प्रभावीत बनेको विश्वको अवस्थालाई मध्यनजर गर्दै नेपालमा भने टेक्नोलोजी को क्षेत्रमा केहि सहुलियत पुगोस भन्ने उदेश्यका साथ् नेपालमै पहिलोपटक भर्चुअल टेक इभेन्टशुरु गरेको हो।

कोडफर चेन्जले विगत केहि वर्ष देखिनै प्रविधि संग जोडिएर आफ्नो अध्ययन अध्यापन लाई अगाडि बढाइरहेका विधार्थीहरुका लागि विभिन्न व्यक्तिगत तथा व्यावसायिक ज्ञान प्रदान गर्दै आइरहेको छ र यसै क्रममा लकडाउन ले धरासाही भएको नेपालको शैक्षिक क्षेत्रलाई केहि टेवा पुगोस र प्रविधिमा मान्छेहरुको ध्यान केन्द्रित होस् भन्ने अपेक्षाका साथ भर्चुअल टेक इभेन्ट गर्न थालेको हो।

 कोभिड-१९  बाट अस्तव्यस्त भई लकडाउन को अवस्थामा रहेको नेपालमा भौतिक उपस्थितिमा यस्ता कार्यक्रम गर्न सम्भव नभएपछी कोडफर चेन्जले नेपालमै पहिलोपटक यस भर्चुअल कार्यक्रम गर्न थालेको छ भने, निष्क्रिय भई बसिरहेका बिधार्थिहरुलाई सक्रिय बनाउनु, विभिन्न व्यवसायका उपाएहरु लिनु दिनु, अनलाईन खेलहरु खेलाएर मानिसहरुलाई मानसिक रुपमा स्वच्छ राख्न मद्दत गर्नु र विभिन्न बिधार्थीहरुले गर्नुभएका  परियोजनाहरुको बढुवा गर्नु यस कार्यक्रमको मुख्य उदेश्य रहेको कोडफर चेन्जका परियोजना प्रमुख निराजन क्षेत्रीले बताउनु भयो।

कार्यक्रममा आज श्रावण३० गते बाट शुरु भएको र उक्त कार्यक्रम यहि श्रावण ३२ गते सम्म संचालन हुने समेत उहाले बताउनुभयो।

हिजो बाट संचालित उक्त कार्यक्रममा विभिन्न विशिस्ट व्यक्तिहरुको उपस्थिति तथा प्रस्तुति रहेको थियो भने विभिन्न २०० भन्दा बढी सहभागी हरु रहेका थिए, उक्त कार्यक्रममा बन्दाबंदिमा विधार्थी र विश्वविधालयहरुको अवस्था, वैकल्पिक उपाएहरु र प्रविधिको उच्चतम प्रयोगमा जोड दिनुपर्ने कुरा आएको थियो भने उधमशिलतामा कसरि र कहाँ बाट  शुरु गर्ने जस्ता कुराहरु समेत सिकाइएको थियो र  त्यति मात्रै नभएर स्थानिय र विकेन्द्रित शिक्षाको बारेमा पनि विश्लेषण गर्दै नेपालमा रोजगारका अवसरहरु र त्यसमा प्रविधि को सम्बन्ध समेत स्पस्ट पारिएको थियो। यस संगै विभिन्न कुइज़, पब्जी जस्ता खेलहरु समेत खेलाईएको थियो।

उक्त कार्यक्रम थप  दुई (२) दिन सम्म चल्ने र ति दुई दिनमा अझै उधमशिलता मा अगाडी बढ्न प्रोत्साहन गर्ने , शिक्षा प्राणालिको विश्लेषण तथा वैकल्पिक उपाएहरुको खोजि गरिनेछ भने विधार्थीहरुले गर्नुभएको परियोजनाहरुको बढुवा गर्ने हेतुले विभिन्न परियोजनाहरु समेत प्रस्तुत गरिनेछ र रमाइलो को लागि कुइज़, पब्जी को अन्तिम भाग समेत खेलाइने भएकोले सबै इच्छुक हरुलाई उक्त कार्यक्रमा उपस्थित हुन समेत आव्ह्वान गरिएको छ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: