
ग्रामीण युवा सरोकार केन्द्र र दिगो अनुसन्धान तथा विकास केन्द्र, काठमाडौंद्धारा लमजुङका २ वटा कृषि तथा जडिबुटी सहकारीलाई प्रविधिमा सहयोग गरेको छ ।
सहकारी संस्थाको क्षमता अभिबृद्धिका लागि संस्थाले २ सहकारीलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको हो । दिगो अनुसन्धान तथा विकास केन्द्रका कार्यक्रम संयोजक नारायणबाबु जोशीका अनुसार मस्र्याङ्दी गाउँपालिका ७ मा रहेको लालीगुरास कृषि तथा जडिबुटी कृषि बहुउद्देस्यीय सहकारी संस्था र बेंसीशहर नगरपालिका १० मा रहेको बेंसीशहर कृषि तथा जडिबुटी कृषि बहुउद्देस्यीय सहकारी संस्थालाई सामाग्री दिइएको छ ।
२ सहकारीलाई एक÷एक वटा कम्प्युटर र एक÷एक वटा प्रिन्टर हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (अलैंची जोन) सञ्चालक समितिका संयोजक एवं अलैंची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङ र बेंसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले संयुक्त रुपमा सामाग्री हस्तान्तरण गरेका हुन् ।
लालीगुरास कृषि तथा जडिबुटी कृषि बहुउद्देश्यीय सहकारी संस्थाका सदस्य नवीनराज कुइँकेल र बेंसीशहर कृषि तथा जडिबुटी कृषि बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हिरालाल विश्वकर्मालाई सामाग्री प्रदान गरिएको हो ।
यस्तै, ग्रामीण युवा सरोकार केन्द्र र दिगो अनुसन्धान तथा विकास केन्द्र, काठमाडौंले जिल्लाका किसानका लागि भनेर १ सय ५० वटा छुरी अलैंची व्यवसायी महासंघ लमजुङलाई प्रदान गरेको छ । अलैंची किसानको पहिचान गरी अतिआवश्यकताको आधारमा वितरण गरिने महासंघले जनाएको छ ।
कार्यक्रममा ग्रामीण युवा सरोकार केन्द्रका अध्यक्ष पुस्तक चन्द, कार्यकारी निर्देशक पुरुषोत्तम ज्ञवाली, लेखा अधिकृत सञ्जिव खनाल, कृषि ज्ञान केन्द्र लमजुङका कृषि प्रसार अधिकृत बुद्धिबहादुर बानिया, अलैंची जोन सञ्चालक समिति लमजुङका सल्लाहकार हरिजङ तामाङलगायतको उपस्थिति थियो ।