कालिमाटी वृत्तमा कार्यरत २ प्रहरीमा कोरोना देखिएपछि ६ कार्यालय सिल

काठमाडौं : काठमाडौंको कालिमाटीको प्रहरी वृत्तमा कार्यरत दुई प्रहरी जवानमा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ पुष्टि भएको छ । 

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा तीन जनामा कोरोना पुष्टि भएको जानकारी दिएको थियो । तिमध्ये कालिमाटी वृत्तमा कार्यरत दुई प्रहरी जवान रहेको महानगरीय प्रहरी  काठमाडौंले जनाएको छ ।

काठमाडौंको कालिमाटीस्थित महानगरीय प्रहरी वृत्तमा कार्यरत दुई प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कालिमाटी वृत्तसँगै प्रहरीका ६ एकाइ कार्यालय सिल गरिएको छ।

काठमाडौं प्रहरीका एसएसपी श्याम ज्ञवालीका अनुसार कालिमाटी प्रहरी वृत्त र त्यससँगै रहेका महानगरीय ट्राफिक प्रहरी प्रभाग र महिला सेलको कार्यालय सिल गरिएको हो। यस्तै त्यस मातहतका बल्खु, कलंकी र स्युचाटारस्थित प्रहरी प्रभाग पनि सिल गरिएको प्रहरीले जनाएको छ।

नेपालमा कोरोना संक्रमितको संख्या ४०२  पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मंगलबार एकै दिन २७ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ४०२ पुगेको हो।  डिस्चार्ज हुनेको संख्या ३७ पुगेको छ भने दुई जनाको मृत्यु भइसकेको छ ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *