एक जिल्लाबाट अर्को जिल्ला जान रोक, पास पनि बन्द


काठमाण्डौं, ३० बैशाख । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जान रोक लगाएको छ । गृहले अन्तरजिल्ला जाने सबै सबारी पास रद्द गरेको छ ।


मुलुकमा कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या बढिरहेका बेला गृहले मंगलबार दिउँसो यस्तो निर्णय गरेको हो । मंगलबार मात्रै नेपालमा ५७ जना कोरोना संक्रमित भेटिएका छन् । संक्रमित बढ्न थालेपपछि आवतजावतमा कडाइ गरिएको हो ।


गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको बताए । अधिकारीका अनुसार उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरिएको छ ।

सञ्चारकर्मीलाई भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *