उत्तर कोरियाली नेता किमका भतिज अचानक वेपत्ता

उत्तर कोरियाली नेता किम जोङ उनका भतिज किम हान सोल अचानक वेपत्ता भएका छन् । हान सोल नेता किमका सौतेनी भाई किम जोङ नामका छोरा हुन् ।

नाम भने २०१७ मा मलेसियाको राजधानी क्‍वाललाम्पुर एयरपोर्टमा मारिएका थिए । उत्तर कोरियाली शासनसत्तामा नेता किमपछिको उत्तराधिकारीको रुपमा उनका भाई नामको पनि चर्चा भएको थियो ।

यसपटक नामका छोरा सोल वेपत्ता भएसँगै अनेक आशंका र विश्लेषण हुन थालेको छ । उनी अन्तिम पटक अमेरिकी जासूसी संस्था सिआईएका एजेन्टसँग देखिएको बताइएको छ ।

यद्यपि बाबुको हत्यापछि सोल सहित उनकी आमा र बहिनी २०१७ मा नै गोप्य तरिकाले देश छाडेका थिए । अहिले उनी वेपत्ता भएपछि शंकाको सूइ उत्तर कोरियातर्फ नै सोझिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । मिडिया रिपोर्ट अनुसार सोललाई अमेरिकी सिआईएका एजेन्टहरुले गोप्य रुपमा राखेको वा उत्तरबाटै वेपत्ता पारिएको हुनसक्ने आंकलन गरिएको छ ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: