आईपीएल खेल्न यूएई पुगेका भारतीय खेलाडीहरुमा कोरोना संक्रमण

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्नका लागि यूएई पुगेका खेलाडीहरुलाई कोरोना संक्रमण देखिएको छ ।

भारतीय टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीको टोली चेन्नइ सुपर किंग्स्सका बलरसहित १० भन्दा धेरै सदस्यमा कोरोना संक्रमण देखिएको छ ।

कोरोना संक्रमण देखिएका तीब्र गतिका बलर भारतको एकदिवसीय राष्ट्रिय टोलीका सदस्य हुन् ।

कोरोना पोजिटिभ देखिने अन्य भने टोलीका सहयागी सदस्यहरु छन् । चेन्नइको टोली २१ अगष्टमा यूएई पुगेको थियो ।

यूएइ पुगेर क्यारेन्टाइनमा बसेका खेलाडी र प्रशिक्षक, व्यवस्थापक, सहयोगीहरुको पहिलो, तेस्रो र छैटौं दिनमा परीक्षण गर्ने क्रममा केहीको रिपोर्ट पोजिटिभ देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

चेन्नईका कति सदस्यलाई संक्रमण देखिएको भन्ने पुष्टि भएको छैन । अन्य केही टोलीले यूएई पुगेर प्रशिक्षण सुरु गरिसकेका छन् ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: