आइसोलेसनमा लमजुङ मर्स्याङ्दीको टेलिभिजन सहयोग

लमजुङ । लमजुङ मर्स्याङ्दी युवा क्लब बेंसीसहरले जिल्ला समन्वय समितिको सभाहलमा स्थापना गरिएको आइसोलेसनका लागि टेलिभिजन सहयोग गरेको छ ।

आइसोलेसनमा बस्नेलाई मनोरञ्जन दिलाउन क्लबले एउटा टेलिभिजन सहयोग गरेको हो । आइसोलेसनमा बस्नेहरु फुर्सदिला हुने र उनीहरुमा मानसिक तनाब बढ्न सक्ने भएकाले मनोरञ्जनका लागि टेलिभिजन दिएको क्बलका अध्यक्ष जुन तामाङले बताए ।

मस्र्याङदी युवा क्लबका अध्यक्ष जुन तामाङसहितको टोलीले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालाई टेलिभिजन हस्तान्तरण गरेका हुन् । २५ हजार रुपैयाँ बराबरको ३२ इन्चको टेलिभिजन दिइएको अध्यक्ष तामाङले बताए ।

आइसोलेसनमा केबुलको व्यवस्थापन र जडान कार्य त्रिवेणी युवा क्लब बेंसीसहरले गर्ने क्लबका अध्यक्ष सिजन श्रेष्ठले बताए ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner