आइसोलेशनबाट फर्किएका बृद्धबृद्धाले भनेः ‘मरुँ झै ला’थ्यो, बाँचेर आइयो’

कोरोना संक्रमणपछि अस्पतालमा १३ दिनको आइसोलेशन बसाईपछि कोरोनामुक्त भएर घर फर्केका मंगले गुरुङ (७५) र उनकी पत्नी आइतकुमारी (६५) ।

जव उनको छोरालाई कोरोना संक्रमण भयो, आइतकुमारी गुरुङ (६५) छाँगाबाट खसे झैं भइन् । उनले पति मंगले गुरुङ (७५) लाई सुनाइन् ।

एक्लो छोरो कोरोना लागेको सुनेपनि मंगले बेचैन भए । यो भदौ १५ गतेको कुरा हो । बृद्धबृद्धासहित परिवार नै कन्ट्याक्ट ट्रेसिङमा प¥यो । भदौ १७ गते परिवारका सवै सदस्यको पीसीआर परीक्षण भयो । २० गते रिपोर्ट आउँदा बृद्धाबृद्धा आफैं कोरोना संक्रमित भएछन् । साथमा बुहारी र नातिनी पनि । भर्खर साँढे ५ बर्षको नातीको भने रिपोर्ट नेगेटिभ आयो । अर्थात परिवारमा कोरोना संक्रमणबाट बालकमात्रै जोगिए ।

लमजुङमा कोरोना संक्रमितमध्ये मंगले हालसम्म सवैभन्दा बृद्ध हुन् । आइतकुमारी महिलामध्ये सवैभन्दा बृद्धा हुन् । ‘कहिल्यै नसुनेको यो रोगको खबर रेडियो, टिभिमा सुनेको हो । यो रोग लागेपछि बुढाबुढी त मोर्छ भन्ने सुनेको हो । रेडियो टिभिले कोरोनाबाट बुढाबुढीमात्रै म¥यो भनेर मन्थ्यो । म त आत्तिएँ । बुढालाई लौन के गर्ने होला भनें’ आइतकुमारीले भनिन्, ‘बुढाले केही हुँदैन । जे हुन्छ, हुन्छ नि भन्नुभो ।’ बिहान ११ बजेतिर खबर सुनेपनि परिवारैले खाना खाएनन् । नातीको रिपोर्ट आउन पनि ढिला ग¥यो । ‘साँझ ६ बजेतिर एम्बुलेन्स आयो । हामी सवैलाई लग्यो । कहाँ पु¥यायो थाह छैन’ उनले भनिन्, ‘अस्पतालको पछाडिबाट लगिएछ । मरेको मान्छे राखेको ठाउँमा हिँड्दा डर लाग्यो । एउटा कोठामा लग्यो । कहाँ राखिएको रहेछ भन्ने कुरा भोलिमात्रै थाह भयो ।’

मंगले भारतीय भूपू हुन् । क्व्होलासोंथर गाउँपालिका ४, भुजुङका उनको परिवार एकदशकदेखि बेंसीसहर बस्छन् । कोरोना लागेको सुनेपछि उनले कहिं नजाने, घरै बस्ने भने । सरकारी नियम मान्नुपर्ने भनेपछि उनी आइसोलेशन जान राजी भए । ‘छोरालाई कोरोना लाग्दा आधा शरीर छैन जस्तो लागेथ्यो । आफैंलाई कोरोना लाग्यो भन्दा बरु केही लागेन’ उनले पत्नीलाई भनेका थिए, ‘केही हुँदैन । यो लागेको मात्रै हो । केही फिकर नगर । सरकारले जहाँ लान्छ, त्यहीं जाने हो ।’

घरमा चोरी हुनसक्ने भन्दै आइतकुमारीले बाकासको पैसा पटुकामा बेरिन् । उनी आँसु खसाल्दै आइसोलेशन गइन् । ‘म मरें भने मलाई कसैले पनि छुँदैन । यो पैसा पनि जल्छ । मलाई एकदमै पीर लाग्यो’ उनले भनिन्, ‘छोराको मुख हेर्न नपाई मरिन्छ झैं लागेको थियो । तर, केही गरेन खोइन । भन्नेमात्रै रहेछ ।’ कोरोना लागेको बृद्धबृद्धाको मृत्यु भएको खबर उनले दिनहुँ टेलिभिजन र रेडियोबाट सुनेकी थिइन् । ‘कोरोना लागेको मान्छेलाई भुइँमा सुताएको टिभीमा देखेको थिएँ । रेडियोले पनि त्यस्तै त्यस्तै भनेको थियो । म त बिरामी मान्छे । भुइँमा राख्यो भने म त मरिन्छ भन्ने सोंचे’ उनले भनिन्, ‘ओड्ने ओछ्याउने आफूले पनि लगेको थिएँ । एउटा कोठामा लगेर बुढाबुढीलाई राख्यो । २ वटा खाट रहेछ । सुत्नलाई समस्या भएन । खाना पनि मिठो नै थियो । बिहान र दिउँसो खाजा । बिहान र बेलुकी खाना । यसरी त घरमा पनि खाएका थिएन ।’

परिवारको माया छँदैछ । उनलाई आफूले पालेको २०÷२२ वटा कुखुराको पनि माया लाग्यो । नातीलाई राख्न समस्या भयो । पछि उस्को छ्यामाले लाने निधो भयो । ‘मेरो कुखुरा जिउँदै रहेछ । छिमेकीले हेरिदिएछन् । पछि छोरो आएर हेरेको रहेछ’ उनले भनिन्, ‘अब नातीलाई भेट्न बाँकी छ । परिवार सवै एकै ठाउँमा भयो ।’

आइसोलेशनमा बस्दा आइतकुमारीलाई मरिन्छ कि भन्ने मनमा लागिरह्यो । उनी दमका विरामी हुन् । केही बर्षयता हाडजोर्ने समस्या छ । चिसोको समय उनलाई निकै समस्या हुन्छ । किड्नीको पनि समस्या छ । मंगलेमा दम, खोकी र मुटुको समस्या छ । ‘घरमा केही भएको थिएन । अस्पतालमा बस्न गएपछि टाउको दुख्ने समस्या आयो । जीवनजल मागेर खाएँ । अर्पणाको बाबा (पूर्णचन्द्र घिमिरे) ले के–के आयुर्वेदेकि औषधी ल्याइदियो । डाक्टरहरुले पनि सिटामोल र खोकीको औषधी दियो’ उनले भनिन्, ‘बेसार र अदुवापानी बनाएर दिनभरी खान्थें । दिनमा ३ पटक बाफ लिन्थें । अरु ठूलो औषधी उपचार परेन । कोरोना निको भयो । कोरोना लागेपछि मरिन्छ भन्ने त हल्लामात्रै रहेछ ।’ आयुर्वेदिक औषधी भने नचिनेकोले सवै खाना नसकेको उनले सुनाइन् ।

बिहीबार साँझ कोरोनामुक्त भएको खबर सुनेपछि ल्याइसकेको खाना पनि मंगलेले खाएनन् । उनी खुसीले गद्गद् भए । ‘मनमा पीर लिनु हुन्न भने पनि मान्छे न हो, पीर त आइहाल्छ नि । श्रीमती छ, परिवार छ’ उनले भने, ‘मलाई केही हुँदैन भनेर बसें, दुखबिमार केही भएन । अलि खलि रुघा भने लाग्यो ।’ घरेलु मदिरा र चुरोटका अम्मली उनले अस्पतालमा खान पाएनन् । ‘खान त मन थियो । सरकारले खाना नदिँदो रहेछ । त्यही बेसार र अदुवापानी खाएर बसियो । कोरोना कता भाग्यो, बाग्यो ।’

पछिल्लो पीसीआर लिँदा उनले घाँटी दुखेको महसुस गरे । भदौ ३० गते पीसीआर गरिएको थियो । ‘घाँटीमा सिन्का हालेर घोचिदिँदा घाँटी दुख्यो । अरु त केही भएन’ उनले भने । टाउको दुखेपछि उनले भदौ १० गते घरमा सिटामोल खाएको बताए । अस्पतालमा खोकीको औषधी खाएका थिए । ‘औषधी भने पनि जे भनेपनि आयुर्वेदिक खाएँ । बेसार र अदुवापानी खाएँ । अरु केही खाएन’ उनले भने । आइतकुमारीलाई भने पछिल्लो पीसीआरका लाथि थ्रोट स्वाब लगेको राती निन्द्रा लागेन । ‘जाँचेर त लग्यो । नेगेटी (नेगटिभ) आउने हो कि पोजेटी (पोजेटिभ) आउने हो भनेर चिन्ता लाग्यो । रातभरी सुत्न सकेन । फेरि यहीं बस्नुपर्ने हो कि झैं लाग्यो । यहीं बस्नु परेपनि बसौंला । अहिलेसम्म बिरामी भएको छैन क्यारे भन्ने सोंचे’ उनले भनिन्, ‘

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले महिलाका लागि लमजुङ जिल्ला सामुदायिक अस्पताल र पुरुषका लागि बेंसीसहरको सहजी र सुन्दरबजारमा आइसोलेशन निर्माण गरिएको बताए । बृद्ध र स्वास्थ्यमा समस्या भएका बृद्धबृद्धालाई संगै अस्पतालमा राखिएको उनले बताए । लमजुङ जिल्ला सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बृद्धबृद्धालाई नियमित स्वास्थ्य जानकारी र सोधपुछ गरि उनीहरुको समस्या अनुसार औषधी दिइएको बताए । स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले मंगले जिल्लामै सवैभन्दा जेठो कोरोना संक्रमित भएको बताए । महिलामा उनकी पत्नी आइतकुमारी सवैभन्दा बढी उमेरका कोरोना संक्रमित भएको बताए । ‘कोरानाले दीर्घ रोगी र बृद्धबृद्धालाई समस्यामा पारेको देखिँदै आएको छ । यी दम्पत्तीलाई कोरोनाले खासै प्रभाव पारेको देखिएन । उहाँहरुले सहज तरिकाले कोरोना जित्नुभो’ उनले भने । उनका अनुसार लमजुङमा ३ सय ७१ जना संक्रमित छन् । यसमा महिला ६५ छन् । २ सय ५६ जना पुरुष छन् । कोरोना संक्रमितमध्ये १ सय ७२ जना निको भइसकेका छन् । निको हुनेमा महिला महिला ३० र पुरुष १ सय ४२ जना छन् ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: