अहिलेसम्म नेपालमा ३ सय कोरोना संक्रमितको मृत्यु

काठमाडौँ- कोरोना भाइरसको संक्रमणबाट सोमबार थप ११ जनाको मृत्यु भएको छ।

यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ७ पुरुष र ४ महिला गरी ११ जना संक्रमितको मृत्यु भएको हो।

काठमाडौँ उपत्यकामा मात्रै ३७, ९० र ८३ वर्षीया महिला तथा कास्कीकी ६३ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

यसैगरी मोरङमा ७६, सिराहामा ८७ र ६२, सर्लाहीमा ३५, दोलखामा ६९, मकवानपुरका ३९, बाँकेका ५९ वर्षीय पुरुष संक्रमित भएका छन्। यसअघि आइतबार ९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: