अमेरिकामा तनाव जारी : प्रदर्शन उग्र हुँदा ट्रम्पलाई बङ्करभित्र लगिएकाे थियाे

सयौँको सङ्ख्यामा रहेका प्रदर्शनकारी ह्वाइट हाउसअगाडि प्रदर्शनमा उत्रिँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शुक्रबार राति केही समयको लागि बङ्करमा लगिएको खुलेको छ ।

अमेरिकी सञ्चारमाध्यम सीएनएनले ह्वाइट हाउसका अधिकारी तथा कानून कार्यान्वयन गराउने स्रोतलाई उद्धृत गर्दै राष्ट्रपति ट्रम्पलाई बाहिरी प्रदर्शनबाट जोगाउन बङ्करमा लगिएको उल्लेख गरेको छ ।


अधिकारीहरूका अनुसार राष्ट्रपति ट्रम्पलाई ह्वाइट हाउसभित्रको बङ्करमा करिब एक घण्टा राखेपछि मात्रै माथि उक्लिन लगाइयो । स्रोतका अनुसार ट्रम्पसँगै प्रथम महिला मेलानिया ट्रम्प र छोरा बरोनलाई बङ्करमा लगिएको हो ।

गोप्य सेवा अधिकारीसँग प्रदर्शनकारीको अाम्नेसामुन्ने भएपछि राष्ट्रपति ट्रम्पलाई सुरक्षित राख्न कदम चालिएको ह्वाइट हाउस अधिकारीलाई उद्धृत गर्दै सीएनएनले उल्लेख गरेको छ । प्रदर्शनकारीले लखेटेपछि गोप्य सेवाको सुरक्षा घेरा साँघुरिएको थियो । तर चार घण्टापछि भिड पातलिँदै गएपछि सुरक्षा घेराकाे परिमिति बढाएकाे थियाे ।


उक्त समाचार पहिलो पटक द न्युयाेर्क टाइम्सले प्रकाशन गरेको हो ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner