अबैध जडिबुटीसहित एक महिला पक्राउ

लमजुङ प्रहरीले अवैध जडिबुटीसहित एक महिलालाई पक्राउ गरेको छ ।

घरमा अवैध जडिबुटी लुकाईछुपाई राखेकी बेंसीसहर जनगरपालिका ७ क्याम्पस रोडमा बस्दै आएकी ३८ बर्षीया सिद्धिमाया तामाङलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाका अनुसार आफ्नै घरमा अवैध रुपमा जंगली जडिबुटी लुकाएर संकलन गरी राखेको अवस्थामा पक्राउ गरिएको हो ।

उनको घरबाट डालिङ ४ सय ७६.१ के.जी, वन लसुन १ सय ५४ के.जी, कुड्की २४.६ के.जी, जटामसी १४.९ के.जी, सुगन्धवाल १८.३ के.जी, सतुवा ४.४ के.जी, वन आलु २.८ के.जी गरी ६ सय ९५.१ के.जी अवैध जडिबुटी भेटिएको थियो ।

डिएसपी थापाका अनुसार उक्त जडिबुटीको अन्दाजी मूल्य २२ लाख ९१ हजार ३ रुपियाँ पर्छ ।

प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पुनका अनसार जंगली जडिबुटी लुकाईछुपाई संकनल गरेर राखेको भन्ने सूचनाको आधारमा खानतलासी गरिएको थियो ।

उनको साथमा अवैध जडिबुटी फेला परेपछि सिद्धिमाया तामाङलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय लमजुङ पठाइएको उनले बताए ।

याे पनि पढनुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

techera innovation promote web banner
%d bloggers like this: